शिक्षा मन्त्रालयको एनओसी सेवा अवरुद्ध

शिक्षा मन्त्रालयको एनओसी सेवा अवरुद्ध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) शाखाको सेवा अवरुद्ध भएको छ ।

वैदेशिक अध्ययनका निम्ति दिइने उक्त सेवाको अनलाइन तथा भौतिक प्रणालीमा अवरोध आएको हो । गएको फागुन २८ देखि त्यो मर्मत थालिएको र चैत १ (शुक्रबार) साँझसम्म बनाइने मन्त्रालयले जनाएको छ ।

तर, शनिबार (चैत २) साँझसम्म नै सेवा बन्द रहने वैदेशिक अध्ययन अनुमति शाखाले सूचित गरेको छ ।