काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन्।
सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनको पक्षमा रिट जारी गरेको हो । यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको कानूनी प्रश्नको निवारण भएको छ ।