काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ ।
विसं २०८० असोजमा रुस हिँडेका उनको युद्धमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा उनी पुनः वडाध्यक्षको उम्मेदवार थिए । पराजित बनेपछि सेनामा भर्ती हुन रुस गएका थिए ।
बुढाथोकीको मृत्यु कहिले भयो भन्ने यकिन छैन । तर परिवारले भने फागुन २४ गते उनको मृत्युको खबर थाहा पाएका थिए । बुढाथोकीका श्रीमती, एक छोरी र एक छोरा छन् ।