सुडान । सुडानको ह्वाइट नाइल राज्यमा विगत दुई हप्तामा हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको छ। गैरसरकारी चिकित्सा सहायता समूह डाक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले फेब्रुअरी २० देखि मार्च ५ सम्म ९२ जनाको मृत्यु भएको जनाएको हो।
एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालमा रहेको हैजा उपचार केन्द्रमा जम्मा २ हजार ७१८ जना बिरामी भर्ना भएका छन्। पानीबाट हुने रोग हैजाको लहर फेब्रुअरी १६ मा उम(दबाकिर पावर स्टेसनमा र्यापिड सपोर्ट फोर्सेस ९आरएसएफ० को प्रक्षेपणले लागेपछि ठूलो मात्रामा बिजुली आपूर्ति बन्द भएपछि उत्पन्न भएको थियो।
सुडानको ह्वाइट नाइल राज्यमा आरएसएफले आक्रमण गर्दै आएको छ, जसमध्ये अल(गिटैना क्षेत्र वरपरका गाउँमाआक्रमण गरिएको थियो । जसमा ४३३ जनाको मृत्यु भएको थियो।
संयुक्त राष्ट्रसंघले उद्धृत गरेको सङ्कट अनुगमन समूह, सशस्त्र द्वन्द्व स्थान र घटना डेटाकाअनुसार अप्रिल २०२३ को मध्यदेखि सुडान सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वमा फसेको छ, जसले कम्तीमा २९ हजार ६८३ जनाको ज्यान लिएको छ।