काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । बिहीबार राति ह्याक भएको वेबसाइट खझै रिकभर नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, अहिले साइटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । "साइटका कन्टेन्टमा भने कुनै क्षति भएको छैन । सूचना तथा सञ्चार मन्त्रालयले साइट रिकभरको प्रयास गरिरहेको छ," प्रवक्ता बुढाथोकीले भने ।