काठमाडौं । सरकारले थाइल्यान्डका लागि नेपाली आवासीय राजदूत धनबहादुर वलीलाई लाओसका लागि पनि गैरआवासीय राजदूतको जिम्मेवारी दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार वलीलाई लाओसका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले वलीलाई उक्त पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।