प्रभु साहले बालेनमाथि लगाए गुण्डागर्दीको आरोप

प्रभु साहले बालेनमाथि लगाए गुण्डागर्दीको आरोप

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन्।  महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि आक्रमण गरेको प्रसंगमा साहले यस्तो आरोप लगाएका हुन्। उनले सबै नागरिकको जिउधनको सुरक्षाको मागसमेत गरे।

‘टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला भएको छ। कथित महानगरको प्रहरी भन्नेहरूको जत्थाले हमला गरेका छन्। धेरै घाइते भएका छन्’, उनले भने, ‘म आग्रह गर्न चाहन्छु, कानुन र अदालतको आदेशविपरीत काठमाडौं महानगरले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ। यो सरकार कानुन बहालीको सक्षम हो होइन, हो भने सबैको जिउधनको सुरक्षा गरोस्।’