जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको छ ।

बुधबार राति नलगार्ड न.पा. ३ बिरखोला कैना–कड्के सडकखण्डस्थितमा कालीमाटीबाट करुवा जाँदै गरेको ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक जाजरकोट नलगाड नगरपालिका–३ करुवा निवासी ३२ वर्षका ईन्द्रजित थापा, सोही ठाँउकी ६५ वर्षिया शिला पुन, ३२ वर्षीया सारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको आलोचना रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

जिप दुर्घटना भएपछि घाइते भएका सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरि नगर दल्लीमा लगिएकोमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको हो । घाइते नलगाड –३ का जनक थापाको उपचार भइरहेको छ भने २१ वर्षीय जीवन बि.क को डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

 जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब ७००र८०० मिटर तल खसेको छ।