बाजुरामा स्कारपियो दुर्घटना, दुई महिलाको मृत्यु

बाजुरामा स्कारपियो दुर्घटना, दुई महिलाको मृत्यु

काठमाडौं । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका८ मार्तडीमा आइतबार सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको हो । घटनामा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बाजुराले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।