देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु

देशभर ३२ हजारबढीमा डेंगु संक्रमण, १३ जनाको मृत्यु

काठमाडौँ । देशभर ३२ हजार ७ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ । 

जसमध्ये १३ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशमा १५ हजार ३३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, सबैभन्दा कम सङ्क्रमित कर्णाली प्रदेशमा छन् । उक्त प्रदेशमा ३ सय ४७ जना सङ्क्रमित छन् । यस्तै, कोशीमा १ हजार ९५९ जना र मधेस प्रदेशमा ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बागमतीमा ११ हजार ४२४ जना, लुम्बिनीमा १ हजार ६९७ जनामा संक्रमण पुष्टि हुँदा सुदूरपश्चिममा १ हजार ३६९ जनामा पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, जिल्लागत रूपमा सबैभन्दा बढी कास्कीमा ७ हजार ५२३ जनामा सङ्क्रमण देखिएको छ । देशभर ७७ जिल्लामध्ये हुम्ला बाहेक सबैमा डेंगु देखिएको ईडीसीडीले जनाएको छ ।