झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको आशंका, थप तीन शव फेला

झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको आशंका, थप तीन शव फेला

काठमाडौं । गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबस धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका गरिएको छ ।

ना४ख २२७० नम्बरको नवदुर्गा यातायात लेखिएको उक्त बसका चालकसँग शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्क भएपनि त्यसपछि भने सम्पर्कविहीन भएको दरौँदी यातायात प्रालिले जनाएको छ ।

प्रहरीले हिजो धादिङको झ्याप्ले खोलामा पुरिएका दुई सवारी साधनबाट १४ व्यक्तिको शव निकाल्ने क्रममा अर्को पनि बस देखिएकाले सो बस दरौँदी यातायात प्रालिको हुनसक्ने बताइएको छ ।

यसअघि दरौँदी यातायात प्रालिले हराइरहेको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको थियो । सुरक्षाकर्मीले खोजीका क्रममा आज बिहान सोही स्थानबाट थप तीनवटा शव फेला पारेको छ ।