सहकारी ठगीका फरार मेयर दिल्ली विमानस्थलमा पक्राउ

सहकारी ठगीका फरार मेयर दिल्ली विमानस्थलमा पक्राउ

काठमाडौं । इमेज सहकारी ठगी मुद्दामा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको दिल्ली विमानस्थलमा पक्राउ परेका छन्।

इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । इन्टरपोलसँगको समन्वयमा उनी पक्राउ परेको र नेपाल ल्याउने प्रक्रिया अघि बढाइने नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।