बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्‍यो

बागमती र विष्णुमतीको बाढीले खतराको तह पार गर्‍यो

काठमाडौं । दुई दिनदेखि लगातार बर्षात् हुँदा काठमाडौंका नदीहरूमा ठूलो बाढी आएको छ ।

काठमाडौंका नदीको मुहान क्षेत्रहरू शिवपुरी, सुन्दरीजल, गोदावरीसहितका क्षेत्रमा लगातार पानी पर्दा बाढी उर्लिएको हो । बागमतीसहितका नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुासर बागमती नदी खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो ।
अहिले यी स्थानमा नदीको सतह बढ्दो क्रममा भएकाले तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेले रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको छ। बाढीले पानीको सतह निरन्तर बढिरहँदा किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले भनेको छ । महाशाखाले अझै केही दिन पानी पर्ने जनाएको छ ।