अफ्रिकीहरुमापनि निएन्डरथलको डिएनए भेटीयो

अफ्रिकीहरुमापनि निएन्डरथलको डिएनए भेटीयो

एजेन्सी : अफ्रिकीहरुमापनि हराइसकेको निएन्डरथलको डिएनए पाइएको छ । यसअघिका अध्यनहरुले अहिलेको आधुकिमानवहरुमा निएन्डरथलको डिएनए पाइएको बताएपनि अफ्रिकीहरूमा भने भेटिएको थिएन । सन् २०१० मा भएको अध्ययनले निएन्डरथलका सन्तति रहेको पुष्टि गरेको थियो । त्यस लगतै भएका अध्ययनले अन्य मूलका आधुनिक मानवमा निएन्डरथलको डिएनए भेटिएपनि अफ्रिकीहरूमा भने भेटिएको थिएन । तर प्रिन्स्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले कम्प्युटेसनल विधिको आधारमा गरेको अनुसन्धानले भने अफ्रिकीहरुमापनि निएन्डरथलको डिएनए भेटिएको पुष्टि गरेको हो ।

हराइसकेको निएन्डरथल प्रजाति आधुनिक मानवसँग सबैभन्दा नजिकको प्रजाति मानिन्छ । जब प्रारम्भिक चरणमा आधुनिक मनुष्य अफ्रिकाबाट युरोप पुग्यो, सोही समयदेखि आस–पास यो लोप भएको थियो । निएन्डरथल करिब ५० हजार वर्षअघि करिब पुरै युरोप र एसियामा फैलिएका थिए । ‘नेचर’मा प्रकाशित यस खोजबाट आदि मानवको जिन्दगी कस्तो हुन्थ्यो भन्ने कुराको केही अनुमान लगाउन सकिने विज्ञहरू बताउँछन् । निएन्डरथल र डेनिसोवन अहिलेका मानिसजस्तै थिए । तर, फरक प्रजातिसँग सम्बन्ध राख्ने गर्थे ।

जर्मनीका म्याक्स प्ल्याङक इन्स्टीच्यूट फर इभोल्यूशनरी एन्थ्रोपोलोजीका शोधकर्ता डा. भिभिएन स्लोनले भने, ‘पहिलाको अध्ययनबाट हामीले यो जान्यौँ कि निएन्डरथल र डेनिसोवन कुनै बेला भेट भएका थिए र दुवैले बच्चा पनि पैदा गरे । तर, मैले कहिले सोचेको थिइन हामी यति भाग्यशाली हुन्छौँ कि यसको प्रमाण हामीलाई मिल्नेछ ।’

अन्य कतिपय अध्ययनले पनि मानव विकासको इतिहास मिश्रित नस्लबाट भएको देखाएका छन् । यी दुई प्रजाति ४० हजार वर्ष पहिलेसम्म आफ्नो अस्तित्वमा थिए । निएन्डरथल पश्चिममा रहन्थे भने डेनिसवोन पूर्वमा बस्थे । ‘निएन्डरथल जब पूर्वतिर बढ्न थाले, डेनिसोवन र आजका सुरुवाती मान्छेसँग सम्पर्कमा आएका हुन सक्छन्,’संस्थानका निर्देशक स्वान्टे पाबो भन्छन्, ‘निएन्डरथल र डेनिसोवनलाई मिलनको धेरै मौका नमिलेको हुन सक्छ, तर मिलेपछि उनीहरूबिच कैयौँ पटक सम्पर्क भएको हुनुपर्छ, हामी पहिले जति सोच्थ्यौँ, त्योभन्दा निकै बढी ।’रुसका पुरातत्वविदहरुले कैयौँ वर्ष पहिले एक हड्डीको टुक्रा डेनिसोवाको पहाडमा पाएका थिए । ती टुक्राबाट नै दुई नस्लको सन्तान हुने कुरा पत्ता लागेको थियो ।