दुर्गा प्रसाईका समर्थकले तीन ट्रक जलाए, दुई  पक्राउ

दुर्गा प्रसाईका समर्थकले तीन ट्रक जलाए, दुई  पक्राउ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती तीन वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन्।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ।

त्यस्तै आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ। 

त्यसैगरी प्रसाईंलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार राति पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।