एकाको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा पाठक

एकाको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा पाठक

अष्ट्रेलिया । अष्ट्रेलियाको साझा शैक्षिक परामर्शदाताको संस्था अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट्स अलायन्स (एका)मा नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् ।

सिड्नीमा सम्पन्न  सातौँ साधारणसभाले पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सत्यप्रकाश कँडेल, चूडामणि सिलवाल  र शङ्कर धरेल निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ । कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दीपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ । 

शैक्षिक परामर्शदाताको साझा संस्था एक्काले व्यावसायिक हकहितका लागि विभिन्न समयमा शैक्षिक मेलाहरू आयोजना गर्दै आइरहेको छ ।