पोर्चुगल । पोर्चुगल सरकारले सन २०२५ को जुलाई भित्र हाल यहाँ बसोबास गरिरहेका सम्पूर्ण आप्रवासीलाई पोर्चुगल आवासीय पत्र दिने तयारी गरेरसंगै पोर्चुगलमा बसोबास गर्दै आइरहेका दसौँ हजारको सङ्ख्यामा नेपालको प्रहरी प्रमाणपत्र र आवश्यक कागज र पासपोर्टको नवीकरण र हराएका वा नष्ट भएको पासपोर्ट बनाउनु पर्ने कामको कारण नेपाली राजदूतावास पेरिस, फ्रान्सले घुम्ती सेवा प्रधान गर्दै आएको छ ।
यहीँ क्रममा नेपाल सरकारले पोर्चुगलको लागि नेपाली राजदूत प्रकाशमणि पौडेललाई नियुक्त गरेर संसदीय सुनुवाइ समेत सम्पन्न गरेको छ । यस विषयको जानकारी स्वयं नेपाल राजदूतावास पेरिस, फ्रान्सबाट पोर्चुगलमा घुम्ती सेवा दिन आएका सीता बस्नेत डेपुटी चिफ अफ मिसन र दीपेन्द्र प्रसाद साह थर्ड सेक्रेटरी ले पनि दिएका छन् ।
योसंगै सन २०२३ मा पोर्चुगल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास खोल्न अनुमति प्रधान गरिसकेको छ । माथि उल्लेख गरेका कामहरूमा सहज रूपमा गर्न र नियुक्त भएको राजदूतलाई पोर्चुगलमा स्वागत गर्न राजदूत सुधीर भट्टराई समक्ष नेपाल सरकारसँग समन्वय गरी दिन पोर्चुगलमा नेपाली राजदूतावास अभियानका संयोजक गङ्गा बहादुर नेम्कुलद्धारा फ्रान्सका लागि नेपाली महमहिम राजदूत सुधीर भट्टराईलाई पोर्चुगलबाट पत्राचार गरेका छन् ।