नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी

नेपाली सेनाको गुडिरहेको ट्रकमा  आगलागी

 काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-४ मा नेपाली सेनाको गुडिरहेको ट्रकमा अचानक आगलागी भएको छ।

बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहीबार दिउँसो त्रिभुवन राजपथ अन्तर्गत थाहा नगरपालिका ४ कुर्सीको मोडमा आगलागी भएको हो। ट्रकको सापट भाँचिएर तेल ट्यांकी फुटेपछि आगो लागेको वडाध्यक्ष नारायण लामाले  जानकारी दिए।

उनका अनुसार ट्रकमा १६ जना सैनिक चढेका थिए। उनीहरू सबै सकुशल छन्। गाडी भने लगभग अधिकांश जलेको छ। थाहा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको वडाध्यक्ष लामाले जानकारी दिए।