हैजा संक्रमितको संख्या ५५ पुग्यो, ललितपुरमा सबैभन्दा धेरै

हैजा संक्रमितको संख्या ५५ पुग्यो, ललितपुरमा सबैभन्दा धेरै

काठमाडौं । यो वर्ष सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । १६ अगष्टसम्म पाँच जिल्लाका ५५ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक छ ।

हैजाबाट ललितपुरमा सबैभन्दा धेरै ४१ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका  वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा चार, कैलालीमा आठ र प्युठानमा दुईजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । संक्रमित हुनेमा २४ महिला र ३१ पुरुष छन् । १४ वर्षमुनिका ९ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।