काठमाडौं । डेंगी संक्रमणबाट यो वर्ष (सन् २०२४) जनवरीयता दुईजनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो दुई सातामा तनहुँका ५० वर्षीय पुरुष र झापाकी ४० वर्षीय महिला संक्रमितको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार २२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ६५६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, काठमाडौंमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जना संक्रमित भएका छन् । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ ।