काठमाडौं । कक्षा १२ को नियमिततर्फको नतिजामा एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।
परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।
यस्तै १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । सबैभन्दा बढी बाग्मती प्रदेशमा एनजी आएको छ । ३८ हजार १४६ जनाको एनजी आएको हो ।