रोकियो त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्य

रोकियो त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकार्य

काठमाडाैँ  । त्रिशूलीमा खसेको बस र बेपत्ता भएको यात्रुको खोजीकार्य स्थगित भएको छ।आइतबार बिहान सिमलतालस्थित बस खसेको स्थानमाकेही बेर खोजीकार्य भएको थियो।

त्यहाँ सोनार क्यामेरा लगायतका उपकरण प्रयोग गरी पानी भित्रको स्थिति रेकर्ड गरी १० मिनेटमा उद्धारटोली बाहिर निस्किएको थियो।  त्रिशूलीको बहाव बढेपछि मोटरबोटबाट खोजी गर्न उद्धाटोलीलाई कठिन भएको थियो।

त्यसपछि त्यसभन्दा तीन किलोमिटर तल घुमाउने नजिक खोज्न गएका थिए। गोताखोर र उद्धारटोली त्यहाँ केहीबेर परिचालन भएपछि आरामका लागि बाहिर निस्किएका थिए। लगत्तै पानी पर्न थालेपछि उद्धारकार्य रोकिएको छ।