अस्पतालको झ्यालबाट खसेर बिरामीको मृत्यु

अस्पतालको झ्यालबाट खसेर बिरामीको मृत्यु

चितवन । भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।

हुप्सीकोट गाउँपालिका– २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो ।

मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

उनी आज बिहान ११  बजे अस्पतालको झ्यालबाट खसेका थिए । डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको थियो ।