बारा । मंगलबार बिहान अन्दाजी १० बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ भुलहीमा बस पल्टिँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
भैरहवादेखि वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिएको हो। उक्त बसमा २२ जना सवार थिए। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। ७ जनाको अवस्था मध्यम र ७ जना सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारको लागि बयोधा अस्पताल वीरगन्ज पठाइएको छ।
घाइतेहरूको विस्तृत विवरण:
१. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं. ७ बस्ने अ. वर्ष ३३ का शंकर गुरुङको टाउकोमा चोट (अवस्था गम्भीर)।
२. हाल नाम थर वतन नखुलेको अ. वर्ष २४ का पुरुष अनुहारमा चोट (अवस्था गम्भीर)।
३. जिल्ला बारा, कलैया उ.म.न.पा. वडा नं. १८ मोतिसर बस्ने अ. वर्ष २१ का कन्हैया गुप्ताको कान, अनुहार, शरीरमा चोट (अवस्था गम्भीर)।
४. जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने अ. वर्ष ५५ का तिलक भट्टाराईको अनहार र छातीमा चोट (अवस्था मध्यम)।
५. जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ. वर्ष ३५ का सागर गोलेको अनुहारमा चोट (अवस्था
मध्यम)।
६. ऐ.ऐ. ०४ बस्ने अ. वर्ष ३० का अमिर थापाको कानमा चोट (अवस्था मध्यम)।
७. जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ५ बस्ने अ. वर्ष ५० का दीपेन्द्रकुमार गुप्ताको पाखुरा र कञ्चटमा
चोट (अवस्था मध्यम)।
८. ऐ. ऐ. १५ बस्ने अ. वर्ष ४२ का विक्रम राना मगरको हात र गालामा चोट (अवस्था मध्यम)।
९. जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ. वर्ष १८ का सर्वजित रामको छाती र कम्मरमा चोट (अवस्था मध्यम)।
१०. देश भारत, रक्सौल बस्ने अ. वर्ष १८ का साहिद अन्सारीको निधारमा चोट (अवस्था मध्यम)।
११. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं. ३ बस्ने अ. वर्ष ३३ की जानुका ढुङ्गानाको हातमा चोट (अवस्था
सामान्य)।
१२. जिल्ला मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं. ०९ बस्ने अ. वर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट
(अवस्था सामान्य)।
१३. जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ६ माइस्थान बस्ने अ. वर्ष १८ का स्वयव अन्सारीको कञ्चटमा चोट (अवस्था सामान्य)।
१४. जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ. वर्ष २५ का सुमन लामाको कानमा चोट (अवस्था सामान्य)।
१५. जिल्ला मकवानपुर हेटौँडा उ.म.न.पा. ८ बस्ने अ. वर्ष ३९ की सरस्वती काफ्ले अनुहारमा चोट (अवस्था सामान्य)।
१६. बसका सहचालक जिल्ला पर्सा ठोरी गा.पा. २ का अ. वर्ष २१ का रुपेश तामाङ, सामान्य चोट (स्थानीय मेडिकलमा उपचार भइरहेको)।
१७. बसको कन्डक्टर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने अ. वर्ष २८ का राकेन्द्र बम्जनको हातमा चोट (अवस्था सामान्य), (स्थानीय मेडिकलमा उपचार भइरहेको)।