सर्पको टोकाइबाट कसरी बच्ने ? यस्ता छन् उपाय

सर्पको टोकाइबाट कसरी बच्ने ? यस्ता छन् उपाय

काठमाडौं । वर्षाका कारण हाल देशभर बाढी तथा पहिरोका घटना बढ्दै गएका छन्। वर्षाको यो समयमा बाढीपहिरोसँगै सर्पका टोकाइका घटनाहरू पनि धेरै वृद्धि हुने गर्छ। विशेषगरी तराई क्षेत्रमा विषालु सर्पहरूको टोकाइका कारण वर्षेनि धेरै मानिसले ज्यान गुमाइरहेको पाइन्छ। 

तर, सामान्य सावधानी अपनाउन सकियो भने सर्पको टोकाइबाट बच्न सकिन्छ। भने यदि टोकाइ भइहालेमा समयमै स्वास्थ्य संस्थामा पुगेर उपचार गरियो भने पनि सर्पको टोकाइबाट हुने स्वास्थ्य समस्याबाट पूर्ण हुनमा बच्न सकिन्छ। तर, सबैभन्दा उत्तम उपाय भनेको सर्पको टोकाइबाट बच्नु नै हो। 

सर्पको टोकाइबाट जोगिन के गर्ने?

- राति हिँड्दा टर्च लाइट लिएर हिँड्ने
- जुत्ता वा गमबुट लगाउने
- खुट्टा राम्ररी छोप्ने
- बाक्लो प्यान्ट लगाउने
- घर वरपरको घाँस, झारपात काटेर सफा राख्ने
- घर वरिपरि जमिनका दुलाहरू टाल्ने
- पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
- सुत्नुअधि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने
- सधैँ झुल टाँगेर सुत्ने

सर्पले टोकिहाले के गर्ने?

- डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
- सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने नगर्ने
- मलम, रासायनिक पदार्थ, तातो-चिसो प्रयोग नगर्ने
- बिरामीको आत्मविश्वास कायम राख्ने
- धामी / झाँक्रीतिर नलाग्ने
- विष सोस्ने ढुंगाको पछि नलाग्ने
- संभव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
- जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्‍याउने

स्रोत : राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्र