कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौं । कांग्रेसका पूर्वसांसद जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन् । एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले उनलाई पार्टी प्रवेश गराएका छन् ।

विजयकुमार गच्छदार नेतृत्वको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा रहेका देव उक्त पार्टीसँगै कांग्रेसमा समाहित भएका थिए  । २०४९ सालमा एमालेबाटै राजनीति गरेका देव मधेस आन्दोलनपछि मधेसी दलहरूमा सहभागी हुँदै कांग्रेसमा पुगेका थिए । अहिले उनी एमाले प्रवेशसँगै आफ्नो पुरानो बामपन्थी राजनीतिको पृष्ठभूमिबारे व्याख्या गरेका छन् ।

उनी अघिल्लो पटक सांसद थिए । उनी पर्यटनमन्त्री समेत भएका थिए । उनकै पालामा वाइडबडी खरिद प्रकरणमा पनि जोडिएका थिए ।