अषधी व्यवस्था विभागले लगायो यी आठ प्रकारका औषधी किनबेचमा प्रतिबन्ध

अषधी व्यवस्था विभागले लगायो यी आठ प्रकारका औषधी किनबेचमा प्रतिबन्ध

काठमाडौं । औषधी व्यवस्था विभागले आठ प्रकारका जीवनरक्षक औषधीहरुलाई किनबेचमा प्रतिबन्ध लगाएको छ। राष्ट्रिय औषधी नियमन प्राधिकरणमा दर्ता नभएका ती औषधीमाथि विभागले प्रतिबन्ध लगाएको हो।

औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएका औषधीहरुमा  लिनाग्लिप्टिन २.५ र १० एमजी, लिनाग्लिप्टिन मेटफोर्मिन ५०० र ८५० एमजी, रिभारोछ्याबान ट्याब पाँच एमजीसहित २०० र ३०० एमजीको एसलोफेनेक रहेका छन्। 

विभागले हाल बजारमा रहेका यी औषधीहरु आगामी तीन महिनाभित्र फिर्ता लैजानसमेत उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। साथै, बजार मौज्दातमा रहेका यस्ता औषधीको आधिकारिक विवरण विभागमा पेश गर्न र सम्बन्धित प्रमाणपत्र, अनुज्ञापत्र र सिफारिस पत्र फिर्ता लिन पनि भनिएको छ।

यी औषधीहरुलाई विभागले सूचना जारी गर्दै औषधी सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मका लागि ती औषधी उत्पादन नगर्नसमेत विभागले निर्देशन दिएको छ।