यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

यी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज र भोलि कालिगण्डकी, सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने र नारायणी नदीका अन्य सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ । आज पर्वत, स्याङ्जा, बागलुङ सुर्खेत र आसपासका जिल्ला भएर बहन खोलाहरूमा पनि बाढीको उच्च जोखिम रहेको महाशाखाको भनाइ छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट आवश्यक सतर्कता अपनाउनु समेत महाशाखाले आग्रह गरेको छ ।