यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर

यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर

काठमाडाैं।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य घटेको छ। त, युरोको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५१ पैसा थियो।