गर्मीमा कस्ता फलफूल खाने ?

गर्मीमा कस्ता फलफूल खाने ?


काठमाडौं । यो गर्मी याम हो । अहिले गर्मी दिनप्रति दिन बढिरहेको छ । गर्मी मौसममा स्वास्थ्यको धेरै ख्याल राख्नुपर्ने चिकित्सकहरु बताउँछन् । गर्मी मौसममा शरीरमा विभिन्न रोगले आक्रमण गर्नसक्ने खतरा हुन्छ ।

त्यसैले यस समयमा शरीरको विशेष ख्याल राख्नुपर्ने जरुरी हुन्छ । दैनिक गर्मी बढेसँगै धेरै जनामा खाना रुचि नहुने, मुख र घाँटी सुख्खा भइरहने जस्ता समस्या देखिन सक्छन् ।

यो मौसममा सफा र शुद्ध पानी पिउनुपर्छ । घाममा धेरै समय बस्दा वा बाहिर हिँड्दा प्यास लाग्यो भने जहाँ पायो त्यहीको पानी पिउँदा पनि स्वास्थ्यमा असर पर्नसक्छ । गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ ।

गर्मीमा कस्ता फलफूल खाने ?

तरबुजा
तरबुजा गर्मी मौसमा धेरै खाइने फल हो । स्वस्थ र सस्तो हुने भएकाले गर्मीमा यसको माग उच्च हुन्छ । यसमापानी सँगै भिटामिन ए र सी पाइन्छ । भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र आँखाको लागि राम्रो गर्छ। भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। तरबुजामा भिटामिन बी६ र पोटासियम पनि हुन्छ।

आँप
फलफूलको राजा आप धेरैलाई मन पर्ने फलफूल मध्ये एक हो । यसमा फाइबर, २० प्रकारका खनिज र भिटामिन पाइन्छ। फाइबरले पाचनमा मद्दत गर्छ र पेट भरि राख्न मद्दत गर्छ। आँपमा भिटामिन ए, सी र पोटासियम पनि प्रशस्त पाईन्छ । यो गर्मी मौसममा खानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

मेवा
मेवामा भिटामिन ए, सी, फोलेट र विभिन्न फाइटोकेमिकल्स जस्ता पोषक तत्त्वहरू हुन्छन्। यसले अपच कम गर्न पनि मद्दत गर्दछ। मेवा बिटा क्यारोटिनको राम्रो स्रोत पनि हो। यसले छालाको क्षतिलाई रोक्छ। मेवामा एन्टिअक्सिडेन्टको पनि राम्रो मात्रामा हुन्छ र यसले क्यान्सर र गम्भीर हृदय रोगहरूबाट बचाउन मद्दत गर्दछ।

स्ट्रबेरी
स्ट्रबेरीलाई छालाको समस्या, दाँत सेतो पार्ने र पाचन समस्याका लागि प्रयोग गरिन्छ। स्ट्रबेरीमा फाइबर, भिटामिन सी र म्यांगनीज पनि प्रशस्त हुन्छ। स्ट्रबेरीमा फोलेट र पोटासियमको पर्याप्त मात्रा पनि पाइन्छ। गर्मीमा स्ट्रबेरी खाँदा छाला र स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

आलुबखडा
आलुबखडामा प्रशस्त पौष्टिक तत्त्व पाइन्छ। यसमा फाइबर र सोर्बिटोल हुन्छ जसले कब्जियत र अन्य पाचन सम्बन्धी समस्याहरूलाई कम गर्न मद्दत गर्छ। आलुबखडाले रक्तचापको स्तरलाई कायम राखेर र स्ट्रोकबाट जोगाएर मुटुलाई स्वस्थ राख्छ। आलुबखडाको सेवनले स्तन क्यान्सर र टाइप–२ मधुमेहको जोखिम कम गर्छ।