प्रहरीको बहाना बनाएर व्यवसायीको घरबाट लुटियो दुई करोड रुपैयाँ

प्रहरीको बहाना बनाएर व्यवसायीको घरबाट लुटियो दुई करोड रुपैयाँ

काठमाडौं । भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार-पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ । 

“हामीले घटनाको अनुसन्धान गरिरहेका छौँ । हालसम्म कोही पक्राउ परेको छैन,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी देव विष्टले  भने । घटना मंगलबार रातिको भए पनि ढिलो सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा चार÷पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।