वीर अस्पतालले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी

वीर अस्पतालले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी

काठमाडौँ । वीर अस्पतालमा करार सेवामा १०० जना स्टाफ नर्स (पाँचौँ तह) पदपूर्ति गर्न गत शनिवार लिइएको परीक्षाका नतिजा सार्वजनिक भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले लिएको लिखित परीक्षामा करार सेवाका लागि १ सय नर्स छनोट भएका हुन्। वीर अस्पतालमा करार सेवाका लागि जेठ २६ गते लिएको लिखित परीक्षामा चितवनकी निमा ढकाल उत्कृष्ट भएकी छिन्। उनीसहित सय जना वीर अस्पतालमा स्वास्थ्य सेवा गर्न योग्य भएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिबमोजिमको पुल दरबन्दीअन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भइ आए वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने गरी ती १ सय जना नर्सलाई करार सेवामा नियुक्तिका लागि सिफारिश गरिएको हो। २० जना नर्सको नाम वैकल्पिक सूचीमा परेको छ।

पछिल्लो समय नर्सिङ स्टाफ कम भएर वीर अस्पतालका विभिन्न विभागका सेवा रोकिँदै आएका छन्।