कति पुग्यो डलरको मूल्य? यस्तो छ विदेशी विनिमयदर

कति पुग्यो डलरको मूल्य? यस्तो छ विदेशी विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ।

पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५५पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७० पैसा  थियो।