काठमाडौँ । उच्च शिक्षा तथा रोजगारका लागि विदेश जान खोज्ने विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरूले दिनुपर्ने विभिन्न भाषागत मानकीकृत परीक्षाहरूको बारेमा उनीहरूलाई सुसूचित गर्ने उद्देश्यका साथ युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटले आइ–फेयरको आयोजना गर्ने भएको छ ।
यस फेयरलाई नबिल बैंकले प्रायोजन गरेको छ । काठमाडौँ, डिल्लीबजारमा अवस्थित युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युटको आफ्नै प्राङ्गणमा आउँदो जेठ २० गते आइतबार हुने उक्त मेलामा ब्रिटिस काउन्सिल आइएलटिएस, पिटिइ, जेएफटि, एसएटि, टोफल, स्किल फर इङ्ग्लिस, ओइट जस्ता परीक्षाहरूको बारेमा सम्बन्धित विज्ञहरूबाट सूचना प्रदान गरिनेछ ।
विगत ४० वर्षदेखिको लामो इतिहास बोकेको आयोजक संस्था टोफल, ओइटी, एसएटी, जिआरइ, स्किल फर इङ्ग्लिस, जेएफटि, पिटिइ जस्ता विभिन्न परीक्षाहरूको स्वीकृत परीक्षा केन्द्र हो ।
विभिन्न परीक्षाका बारेमा धेरैजसो विद्यार्थी तथा अभिभावकहरूको अधूरो बुझाई महसुस गरेका छौँ जसको सम्बोधन गर्न र उनीहरूलाई सुसूचित गर्न नै यस आइ–फेयर आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधि रामचन्द्र गौतमले बताए ।