काठमाडौँ । मोटिफ एजुकेसन अब्रोडले आगामी मंगलबार ‘गो ग्लोबल एजुकेसन फेयर २०२४’ आयोजना गर्ने भएको छ । अध्ययनका लागि अमेरिका, यूके, अस्ट्रेलिया, क्यानडा तथा न्युजिल्यान्ड जान खोजिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने हेतुले आफ्नै केन्द्रिय कार्यालय बानेश्वरकमा फेयरको आयोजना गर्न लागेको हो ।
फेयरमार्फत विद्यार्थीले आयल्स, पिटिइ र स्याटको स्थिति के छ भन्नेबारे जानकारी लिन सक्ने मोटिफ एजुकेसन अब्रोडका कार्यकारी अधिकृत उमेश पाण्डेले बताए । उचित समयमा उचित परामर्श लिन सकेको खण्डमा विद्यार्थीहरू आफूले चाहेको मुलुकमा अध्ययनका निम्ति जान सहज हुने भएकोले प्लस टु सकेका विद्यार्थीका लागि यो फेयर उपयोगी बन्ने उनको भनाइ छ ।
फेयरमा विभिन्न मुलुकका एक दर्जनभन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको उपस्थिति रहनेछ भने उनीहरूमार्फत विद्यार्थीले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा हल गर्न सक्नेछन् । फेयरमार्फत मोटिफले विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्तिको अवसरसमेत प्रदान गर्ने बताइएको छ ।
मोटिफले अमेरिका, यूके, अस्ट्रिया, क्यानडा तथा न्युजिल्यान्डजस्ता मुलुकलाई शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीहरूका निम्ति परामर्श, छात्रवृत्ति, भिसा डकुमेन्टेसनका लागि चाहिने गाइडलाइन्स तथा भासाका तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ ।
मोटिफ एजुकेशन अब्रोडले शैक्षिक परामर्शको क्षेत्रमा १७ वर्ष पार गरिसकेको छ ।