अस्पताल भर्ना भएका सिरोहियालाई तेस्रो पटक म्याद थप गर्ने तयारी

अस्पताल भर्ना भएका सिरोहियालाई तेस्रो पटक म्याद थप गर्ने तयारी

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज तेस्रो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ ।

नागरिकता किर्ते सम्बन्धी कसुरमा सिरोहिया जेष्ठ ८ मा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई धनुषा जिल्ला अदालतले पहिलो र दोस्रो पटक ३र३ दिनको म्याद दिएको थियो ।

दोस्रो पटक म्याद थपेकै दिन सिरोहिया अस्पताल भर्ना भएका थिए । अहिले उनी जनकपुरधामकै सुविधा सम्पन्न काव्या अस्पतालमा उपचाररत छन् । उनलाई अस्पतालबाटै अदालत र्लैजाने प्रहरीको तयारी छ ।

‘सिरोहियाको स्वास्थ्य अवस्था बुझ्न लागेका छौं,’ धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले भने, ‘चिकित्सकले अदालत लैजाने सक्ने अवस्था छ, छैन् ? के भन्नुहुन्छ । त्यसपछि हेरौं के हुन्छ ।’

उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएकाले सिरोहिया अस्पताल लगिएको थियो । सुरुमा उनलाई प्रादेशिक अस्पताल लग्दा त्यहाँका चिकित्सकले उनको अवस्था नर्मल रहेको बताएका थिए । तर सिटी स्क्यानको बहानामा उनलाई रेफर गराइयो र, काव्या अस्पताल पुयाइएको थियो ।

प्रहरीको निगरानीमा अस्पतालमा रहेका सिरोहियालाई भेट्न सञ्चारकर्मीलाई समेत जान दिएको छैन् । उनी हिरासत छल्न अस्पताल भर्ना भएको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।