चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार मृतक किशोर करिब १७ वर्षका छन्। ‘अहिलेसम्म उनको पहिचान हुन सकेको छैन,’ रिजालले भने, ‘घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। १३ जना घाइते मध्यम अवस्थाका छन्। तीन जनाको अवस्था सामान्य छ।’
डीएसपी रिजालका अनुसार काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिवासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ तर्फ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस मध्यराति साढे १२ बजे आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा चारवटै सवारी साधनका चालक सहित २२ जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका किशोरको नयाँ मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाको खबर पाएपछि जिप्रका चितवनबाट एसपी श्रीराम भण्डारीसहित २५ जनाको टोली घटनास्थलमा पुगेको थियो। ‘दुर्घटनापछि दुबैतर्फको सडक अवरुद्ध भएको थियो,’ डीएसपी रिजालले भने, ‘सोमबार बिहान पौने पाँच बजे दुर्घटनामा परेका सबै सवारी साधन सडकबाट हटाएपछि सडकमा सवारी साधन गुड्न थालेका छन्।’ प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
यी हुन् नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेका घाइते
१. जि.प्युठान नौबैईनी गा.पा.७ बस्ने बर्ष २८ को सुधन के.सी.। अवस्था मध्यम।
२. जि.प्युठान प्युठान न.पा.१० बस्ने बर्ष ३६ को निरज के.सी.। अवस्था मध्यम ।
३. जि.प्युठान मलारानी गा.पा २ बस्ने बर्ष ३६ की निर्मला भुषाल, अवस्था गम्भीर।
४. जि.प्युठान गौमुखी गा.पा.७ बस्ने बर्ष २५ को सुरज सुनार। अवस्था मध्यम (उनी प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान भन्ने बुझिएको)
५. जि.अर्घखांची सितगंगा न.पा.८ बस्ने वर्ष २९ की पबित्रा दर्लामी, अवस्था सामान्य।
६. जि.प्युठान झिम्रुम न.पा. ७ बस्ने बस्ने वर्ष २८ को पुरन गिरी, अवस्था मध्यम।
७ जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २० को समिर केएम, अवस्था मध्यम।
८. जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३६ को तारापती बुढाथोकी, अवस्था मध्यम।
९.जि.प्युठान सारुमहारानी गा.पा.४ बस्ने वर्ष ३५ की मुनादेवी बुढाथोकी, अवस्था मध्यम।
१०. जि.प्युठान एरावती गा.पा.६ बस्ने वर्ष ५६ की मनदेवी थापा, अवस्था गम्भीर।
११. जि.प्युठान बस्ने वर्ष ६० को पदम थापा, अवस्था सामान्य।
१२. जि.प्युठान प्युठान न.पा १० बस्ने वर्ष २१ को सुशिल के.सी., अवस्था मध्यम।
१३. जि.प्युठान प्युठान न.पा. ४ बस्ने वर्ष वर्ष १७ की प्रतिभा भण्डारी, अवस्था मध्यम।
१४. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष १८ की सलिसा थापा, अवस्था मध्यम।
१५. जि.प्युठान प्युठान न.पा.१ बस्ने वर्ष ३८ को प्रकास के.सी., अवस्था मध्यम।
१६. जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष ५३ की पार्वता के.सी, अवस्था मध्यम।
१७. जि.प्युठान नेबईनी गा.पा.३ बस्ने वर्ष ३२ को गौरव झाक्री, अवस्था गम्भीर।
१८. जि.प्युठान गौमुखि गा.पा ३ बस्ने वर्ष २९ को दिपक सुनार, अवस्था सामान्य।
१९. जि.अर्घाखाँची सितगंगा न.पा.८ वस्ने बर्ष ४९ लाम बहादुर दर्लामी, अवस्था मध्यम।
२०.जि.प्युठान प्युठान न.पा.८ बस्ने वर्ष २५ को सन्तोष के.सी., अवस्था गम्भीर।
२१. ट्रक सह-चालक जि.सिन्धुपाल्चोक बाह्रबिसे न.पा.राम्चे बस्ने वर्ष २१ को राजन सुबेदी, अवस्था गम्भीर।
२२.मृतक हाल नामथर वतन नखुलेको वर्ष अन्दाजी १६/१७ को किशाेर।
२३.ट्रक चालक-जि.सिन्धुपाल्चोक भोटेकोसी गा.पा.५ बस्ने वर्ष २६ को सुवास कार्की, अपस्था सामान्य। उपचारपछि प्रहरी नियन्त्रणमा।