पाथफाइण्डर एजुकेसनले आज ‘यूएसए–क्यानडा स्कलरसिप डे’ आयोजना गर्दै

पाथफाइण्डर एजुकेसनले आज ‘यूएसए–क्यानडा स्कलरसिप डे’ आयोजना गर्दै

काठमाडौँ । पाथफाइण्डर इन्टरनेसनल एजुकेसनले ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्ने भएको छ । १० जेठ बिहीबार पुतलीसडकस्थित कार्यालय परिसरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यक्रम हुने पाथफाइण्डरका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेश्वर धितालले जानकारी दिए । 

कार्यक्रममा अमेरिका र क्यानडाका ५० भन्दा बढी विश्वविद्यालय र कलेजहरूको प्रतिनिधित्व रहने धितालले बताए । स्कलरसिप डेमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालयबारे सिधा सूचना पाउनेछन् ।

अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई विश्वविद्यालय र कलेजबारे सत्य तथ्य सूचना, विषयबारे परामर्श तथा योग्य विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने ‘यूएसए–क्यानडा स्कलरसिप डे’ को उद्देश्य रहेको धितालले बताए । 

अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई विश्वविद्यालय र कलेजबारे सत्य तथ्य सूचना प्रवाह गर्नु अत्यावश्यक छ,’ धितालले भने, ‘विद्यार्थीले पढ्न चाहेको विषय र अन्तर्राष्ट्रिय शैक्षिक प्रणालीकाबारे परामर्श दिनु र योग्य विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था मिलाउनु स्कलरसिप डेको उद्देश्य हो ।’

पाथफाइण्डरले स्कलरसिप डेमा करिब पाँच सय विद्यार्थी सहभागी हुने अपेक्षा गरेको छ । कार्यक्रममा भाग लिन चाहने विद्यार्थीले अनलाइनमार्फत नाम दर्ता गरेर वा सिधै सहभागी हुन पाउनेछन् । अनलाइनमार्फत सहभागी हुने केही विद्यार्थीका लागि भने पुरस्कारको व्यवस्थासमेत गरिएको पाथफाइण्डरले उल्लेख गरेको छ ।