पाथफाइण्डर एजुकेसनले ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्दै

पाथफाइण्डर एजुकेसनले ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्दै

काठमाडौँ । पाथफाइण्डर इन्टरनेसनल एजुकेसनले ‘यूएसए-क्यानडा स्कलरसिप डे’ आयोजना गर्ने भएको छ । १० जेठ बिहीबार पुतलीसडकस्थित कार्यालय परिसरमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यक्रम हुने पाथफाइण्डरका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेश्वर धितालले जानकारी दिए । 

कार्यक्रममा अमेरिका र क्यानडाका ५० भन्दा बढी विश्वविद्यालय र कलेजहरूको प्रतिनिधित्व रहने धितालले बताए । स्कलरसिप डेमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालयबारे सिधा सूचना पाउनेछन् ।

अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई विश्वविद्यालय र कलेजबारे सत्य तथ्य सूचना, विषयबारे परामर्श तथा योग्य विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने ‘यूएसए-क्यानडा स्कलरसिप डे’ को उद्देश्य रहेको धितालले बताए । 

करिब पाँच सय विद्यार्थी सहभागी हुने अपेक्षा गरेको पाथफाइण्डरले योग्यता पुगेका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइने जनाएको छ । विद्यार्थीलाई एक्ला एक्लै परामर्शको व्यवस्था समेत मिलाइएको पाथफाइण्डरले जनाएको छ ।

कार्यक्रममा भाग लिन विद्यार्थीले अनलाइनमार्फत नाम दर्ता गरेर वा सिधै सहभागी हुन पाउनेछन् । अनलाइनमार्फत सहभागी हुने  केही विद्यार्थीका लागि भने पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।