ललितपुर आगलागी : दुई छोरी गुमाएकी रूपाको पनि मृत्यु

ललितपुर आगलागी : दुई छोरी गुमाएकी रूपाको पनि मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित डढेको मोबिल राखिएको टहरोमा भएको आगलागीमा परेर घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । आगलागीमा परेर गम्भीर घाइते भएकी रूपा गिरीको मृत्यु भएको हो ।

किष्ट अस्पतालमा उपचारत गिरीको आइतबार राति मृत्यु भएको ललितपुर प्रहरीका एसपी नरेश सुवेदीले जानकारी दिए । उनीसँगै आगलागीमा परेका दुई बालिकाको यसअघि २४ वैशाखमा मृत्यु भएको थियो । दुबै बालिका मृतक रूपाकी छोरीहरू हुन् ।

आगलागी हुँदा घाइते भएका रूपाका श्रीमान् सञ्जय गिरी र १५ वर्षीय मित गिरीको उपचार जारी छ । सञ्जयको घर भने रौतहट राजदेवी हो । सञ्जयको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।