काठमाडौँ । काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुका मूल्यसूची निर्धारण गरेको छ ।
समितिकाअनुसार आज गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी रायो सागको ८०, तामाको १२०, केरा दर्जनको १४०, कालो अंगुरको ३०० रुपैयाँ कायम भएको छ भने आलु रातोको ५०, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ६० र मकै बोडीको १०० रुपैयाँ कायम भएको छ ।
यस्तै मौसमको २००, जुनारको २८०, अदुवाको २८०, हरियो धनियाको १५० रुपैयाँ कायम भएको छ ।