इलाम अपडेट : सुहाङको अग्रता चुलियो, कसलाई कति मत ?

इलाम अपडेट : सुहाङको अग्रता चुलियो, कसलाई कति मत ?

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । 

पछिल्लो परिणामअनुसार सुहाङले ११ हजार ७८ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार २३४ मतसहित पछ्याइरहेका छन् । 

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ६ हजार ९०१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ५१२ मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ को मतगणना जारी छ ।

इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । आज बिहानबाट ३ स्थानबाट मतगणना भइरहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको बताए ।