प्रचण्ड र ओलीसँग भेटवार्तापछि रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

प्रचण्ड र ओलीसँग भेटवार्तापछि रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

उनीहरूबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताएएको छ। ओली झापाबाट काठमाडौं आए लगत्तै सिंहदरबार पुगेका थिए ।

भेटपछि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । 

‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ । अहिले सामान्य छलफल भएको हो । कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन’, लामिछानेको भनाइ छ । सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले त्यसले सत्ता गठबन्धनमा कुनै समस्या पैदा नभएको बताए ।

बैठकमा सहकारी ठगी प्रकरणमा कांग्रेसले उठाएका प्रश्नहरुबारे गृहमन्त्री लामिछानेसँग दाहाल र ओलीले चासो राखेका थिए ।

लामिछानेले यसबारे आफ्नो कुनै कमजोरी नभएको भन्दै कांग्रेसले राजनीतिक मुद्दा बनाएको तर्क गरेका थिए । सहकारी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानको राजीनामा माग्ने तयारी गरिरहेका बेता तीन नेताबीच छलफल भएको हो ।