संसद सचिवालयद्वारा एमाले सांसद् कोइरीको निलम्बन फुकुवा

संसद सचिवालयद्वारा एमाले सांसद् कोइरीको निलम्बन फुकुवा

काठमाडौँ । संघीय संसद सचिवालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेको छ। सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोप लागेपछि निलम्बनमा परेका थिए।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र १ बाट चुनाव जितेका थिए। फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि कोइरी सांसद् पदबाट निलम्बनमा परेका थिए। गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो।

जिल्ला अदालतको आदेशको प्रतिलिपिसहित निलम्बन फुकुवाको निवेदन आज (आइतवार) दिउँसो संसद सचिवालयमा पुगेपछि कोइरीको निलम्बन फुकुवा गरिएको संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले बताए।

छुटाउनुभयो कि ?