त्रिविको दीक्षान्त समारोह गिनिज वर्ल्ड रेकर्डबाट अवलोकन गरिँदै

त्रिविको दीक्षान्त समारोह गिनिज वर्ल्ड रेकर्डबाट अवलोकन गरिँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई गिनिज बुक अफ द वर्ल्डले अवलोकन गर्दैछ। धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले गिनिज बुकलाई रेकर्डका लागि अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न प्रतिनिधि टोली काठमाडौँ आएको हो ।

टोलीले आजको दीक्षान्त समारोहको अवलोकन गर्नेछ । त्यसपछि वर्ल्ड रेकर्डका लागि अघि बढ्ने त्रिविले जनाएको छ । आजको दीक्षान्त समारोहमा १२ हजार ४१५ जनाले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए ।