देशलाई प्रतिगमनमा जानबाट रोक्न एमाले लागिपरेको छ : ओली

देशलाई प्रतिगमनमा जानबाट रोक्न एमाले लागिपरेको छ : ओली

अछाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट बाहिरिएपछि देशको अवस्था झन् बिग्रँदै गएको बताएका छन् । देश अस्थिरता र अराजकतातर्फ धकेलिएको बताउँदै ओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुने बताए ।

महाकाली-मेची पदयात्रा अभियानको क्रममा एमाले अछामले शनिबार मंगलसेनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले राजा नभएको देशमा राजतन्त्र ल्याउने भन्दै धर्मका नाममा जनतालाई फाटो ल्याउनका लागि केही तत्व सक्रिय भएको बताए । बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी पदयात्रा पाँचथरको चिवाभञ्ज्याङसम्म रहने छ ।

यो अवस्थामा देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले मिसन ८४ लाई लक्षित गरेर हिंडिरहेको उनले बताए । नेकपा एमालेको समयमा विकासको लहर चलेको बताउँदै ओलीले अहिले त्यो समाप्त भएको बताए । 

उनले अहिलेको सरकारका कारण सुशासन पनि अन्त्य भएको बताए । एमालेले सरकार छोडेपछि देशको अवस्था खस्किएको उनले बताए ।