प्रस्तावित राजदूतले कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई स्विट्जरल्यान्ड पठाएको आरोप

प्रस्तावित राजदूतले कर्मचारीलाई आएको छात्रवृत्तिमा छोरीलाई स्विट्जरल्यान्ड पठाएको आरोप

काठमाडौँ । क्यानडाका लागि प्रस्तावित नेपाली राजदूत भरतराज पौड्यालविरुद्ध पदीय दुरुपयोगको उजुरी परेको छ । पौड्यालले सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएर स्विट्जरल्यान्ड पठाएको आरोपसहित संसदीय समितिमा उजुरी परेको हो ।

सरकारी कर्मचारी जानुपर्ने कोटामा प्रस्तावित राजदूत पौड्यालले छोरी पल्लवीलाई स्विट्जरल्यान्ड पठाएको उजुरीमा उल्लेख छ । स्विट्जरल्यान्ड सरकारले खान बस्नका लागि मासिक छ लाख रुपैयाँ दिने भए पनि पौड्यालले छोरीलाई दूतावासको सरकारी आवास गृहमा राखेर राज्यकोषमा भार पारेको समेत उजुरीकर्ताले आरोप लगाएका छन् ।

मन्त्रिपरिषद्को बैठकलेले गएको कात्तिक ३ गते परराष्ट्र मन्त्रालयका सचिव पौड्याललाई क्यानडाका लागि राजदूत सिफारिस गरेको थियो । सरकारको निर्णयपछि संसदीय सुनुवाइ समितिले उनका बारेमा उजुरीका आह्वान गरेको थियो । उहाँको संसदीय सुनवाइ आज हुँदैछ ।