नर्सिङको नाम दर्ता परीक्षा मंसिर ९ मा हुने

नर्सिङको नाम दर्ता परीक्षा मंसिर ९ मा हुने

काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा मंसिर ९ मा परीक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले बिहीबार एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ वा बीएससी नर्सिङ उत्तीर्ण भएकाले आवेदन दिनसक्ने जनाएको छ । 

उम्मेदवारले यही असोज २१ देखि कात्तिक २० गतेभित्र अनलाइन आवेदन बुझाउन सक्नेछन् यस्तै अनलाइनबाट कात्तिक २१ देखि २३ गतेसम्म दस्तुर बुझाउनुपर्नेछ ।