सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा एक लाख १२ जहार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १३ हजार रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो । आज चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।