पाल्पामा गुडिरहेको गाडीमाथि पहिरो खस्यो

पाल्पामा गुडिरहेको गाडीमाथि पहिरो खस्यो
फाईल तस्वीर

पाल्पा । पाल्पाको जोर्तेमा गुडिरहेको स्कर्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको स्कर्पियोमाथि जोर्तेको उकालोमा पहिरो खसेको हो । 

घटनामा जीपमा सवार  पाँच जना घाइते भएका छन् । पहिरोमा च्यापिएका तीन जनालाई अझैसम्म पनि बहिर निकाल्न नसकिएको र निकाल्ने प्रयास भैरहेको स्थानीयको भनाइ छ  । घटनाबारे थप विवरण आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जनाएको छ ।